लमजुङमा आँखा पाक्ने रोगबाट झण्डै तीन हजारजना संक्रमित, केही विद्यालय बन्द | Khabarhub Khabarhub

लमजुङमा आँखा पाक्ने रोगबाट झण्डै तीन हजारजना संक्रमित, केही विद्यालय बन्द


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लमजुङ– विगत केही दिनयता लमजुङमा पनि आँखा पाक्ने रोग तीब्र रुपमा फैलिएको छ । जिल्लाका ८ वटै पालिकामा गरी २ हजार ७३३ जना आँखा पाक्ने रोगको सङ्क्रमणबाट ग्रसित भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार मगंलबारसम्म सबैभन्दा धेरै सुन्दरबजार नगरपालिकामा ९१२, मध्यनेपाल नगरपालिकामा ४५७, राइनास नगरपालिकामा ४०८ बेँसीसहर नगरपालिकामा २५०, मर्स्याङ्दी गाउँपालिकामा ५३५, दोर्दी गाउपालिकामा ९३ जना, क्होलासोथारमा ५३ जना र दुधपोखरी गाउँपालिकामा २५ जनामा संक्रमण फेला परेको छ ।

जनस्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य निरीक्षक दीपक बम्जनका अनुसार आँखा पाक्ने रोगले वृद्धवृद्धादेखि बालबालिकासम्मलाई प्रभावित बनाएको छ । 

कुन उमेरका कति संक्रमति भनेर तथ्यांक नभएपनि विशेषगरि बालकालिका धेरै प्रभावित भएका छन् । विद्यालयमा रहँदा समूहमा बस्ने हुँदा बालबालिकामा धेरै संक्रमण भएको बताइएको छ । अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि लमजुङका केही विद्यालय बन्द गरिएका छन् ।

बेसिशहर नगरपालिकाको बेँसीसहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी विद्यालय ३ दिनका लागि बन्द गरिएको हो ।

आँशुको माध्यमबाट सर्ने यो संक्रमण सङ्क्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरूको भनाइ छ । भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चारदेखि १२ दिन लाग्छ ।

यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा पनि विशेषज्ञको परामर्श लिनुपर्ने चिकित्सकको भनाई छ । सङ्क्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १२ : ३८ बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि