लिबियाको राजधानीमा झडप हुँदा २७ जनाको मृत्यु « Khabarhub

लिबियाको राजधानीमा झडप हुँदा २७ जनाको मृत्यु


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन् ।

सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार राति शुरु भएको हो । दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन् वा तीमध्ये केही सर्वसाधारण नागरिक पनि थिए भन्नेबारेमा स्पष्ट भएको छैन । मृतक एवम् घाइतेको अवस्था पनि केन्द्रले खुलाएको छैन । त्रिपोलीलाई आधार बनाएर मानवीय सहयोगका काम गरिरहेको रेडक्रिसेन्ट सोसाइटीले पनि एएफपीलाई कुनै सूचना दिन अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : १२ बजे

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको

इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

एजेन्सी– अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने

लागत बढेपछि चपेटामा किसान

बरहथवा– बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त