भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने « Khabarhub

भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना सौर्य अभियान सञ्चालन गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले आदित्य–एल १ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ ।

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुने जनाइएको छ । उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सात वटा उपकरण बोक्नेछ ।

पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा रहेको सूर्य र पृथ्वीको ‘लाग्रान्ज प्वाइन्ट–१ (एल१)’ को चारैतिर ‘हलो कक्ष’ मा पुग्न अन्तरिक्ष यानले पृथ्वीको करिब १०९ दिन लाग्नेछ ।

यसअघि नै अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगिसकेको छ । चन्द्रयानलाई अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गराउने भारतीय वैज्ञानिकहरूको तयारी छ ।

भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित प्रक्षेपण गरेको थियो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै पुगेका छन् ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ५९ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा