भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने « Khabarhub

भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना सौर्य अभियान सञ्चालन गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले आदित्य–एल १ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ ।

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुने जनाइएको छ । उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सात वटा उपकरण बोक्नेछ ।

पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा रहेको सूर्य र पृथ्वीको ‘लाग्रान्ज प्वाइन्ट–१ (एल१)’ को चारैतिर ‘हलो कक्ष’ मा पुग्न अन्तरिक्ष यानले पृथ्वीको करिब १०९ दिन लाग्नेछ ।

यसअघि नै अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगिसकेको छ । चन्द्रयानलाई अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गराउने भारतीय वैज्ञानिकहरूको तयारी छ ।

भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित प्रक्षेपण गरेको थियो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै पुगेका छन् ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ५९ बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा