सो सिम्पल मिरुना (तस्वीरहरु) « Khabarhub

सो सिम्पल मिरुना (तस्वीरहरु)


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘रोज’ बाट चर्चामा आएकी नायिका मिरुना मगर पछिल्लो समय फिल्म वृत्तमा खासै चर्चामा छैनिन् । रोजबाट उनले अभिनय राम्रो गरेको भन्दै तारिफ पाइन् । सोही फिल्मको चर्चित गीत ‘फूल होइन’ ले उनलाई थप चर्चा दिलायो ।

फिल्ममा उनी अभिनेता प्रदीप खड्काकी प्रेमिकाका रुपमा देखिएकी थिइन् । अभिनय राम्रो गरे पनि फिल्म नै नचलेपछि करिअरलाई पूराका पूरा फाइदा हुने त कुरै भएन ।

उनी अभिनित फिल्म ‘साइनो’ रिलिजको क्रममा छ । यो फिल्ममा उनको कस्तो अभिनय रहनेछ, त्यसका लागि दर्शक प्रतीक्षारत छन् । पछिल्लो समय मिडियामा खासै देखा नपरेकी मिरुनालाई धेरैले भद्र नायिकाका रुपमा लिने गर्छन् । सामाजिक सञ्जालमा उनले ग्ल्यामर तस्वीर त्यति शेयर गरेकी हुँदिनन् । जबकि, नायिकाहरु हट तस्वीरका कारण प्रायः चर्चामा आइरहेका हुन्छन् ।

साधारण रहरै आफ्नो परिचय बनाएकी मिरुना हङकङमा जन्मेकी हुन् । मिरुना दर्शकले आफूलाई अभिनयकै कारण चिनून् भन्ने चाहन्छिन् । हेरौँ मिरुनाका केही तस्वीर:

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ५१ बजे

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक

होटलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको

कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई

‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू

आज अन्तर्राष्ट्रिय बैंक र एकपक्षीय दबाबविरुद्धको दिवस

काठमाडौं – आज अन्तर्राष्ट्रिय बैंक दिवस परेको छ । एकपक्षीय