सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन सकेन : उपसभामुख रानामगर « Khabarhub

सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन सकेन : उपसभामुख रानामगर


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपसभामुख इन्दिरा रानामगरले सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन नसकेको टिप्पणी गरेकी छन् । जनआकाश साप्ताहिकद्वारा आज आयोजित स्रष्टा सम्मान कार्यक्रममा उनले लोकतान्त्रिक मुलुकमा नागरिक अधिकार संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायको प्रभावबाट मुक्त भएर तटस्थ हुनुपर्नेमा जोड दिईन्।

उनले समाजमा भएका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले जस्ताकोतस्तै देखिने गरी ऐनाको भूमिका निर्वाह गर्नुपर्ने बताईन् । आमसञ्चार सबै पक्षको साझा संस्थाका रुपमा स्थापित हुनुपर्नेमा जोड दिँदै उनले पत्रकार कुनै पनि हालतमा राजनीतिकरूपमा विभक्त हुन नहुने बताईन् ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम विडारीले साना लगानीका मिडियालाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठूला मिडियाले प्रवाह गरेका सूचना तथा समाचार पत्याउनुपर्ने अवस्था आएको बताए। यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारको भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : ०० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका