दक्षिण चीन सागरमा जारी विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्छ : भारत « Khabarhub

दक्षिण चीन सागरमा जारी विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्छ : भारत


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले दक्षिण चीन सागरमा जारी विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दक्षिण चीन सागरको विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्ने जनाएका हुन् ।

हालै दक्षिण चीन सागरमा चिनियाँ तटरक्षक पानीजहाजले फिलिपिनी आपूर्ति जहाजमा पानीको फोहोरा प्रहार गरेको घटनाबारे टिप्पणी गर्दै बागचीले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्नसमेत आह्वान गरे ।

उनले यस्ता विवादमा शान्तिपूर्ण समाधान खोजिनुपर्ने भारतको लामो समयदेखिको धारणा रहेको उल्लेख गरे ।

चीनले दक्षिण चीन सागरमा आफ्नो सार्वभौमिकताको दाबी गर्दै आएको छ । दक्षिण चीन सागरमा सार्वभौमिकताका विषयमा चीन र अन्य दक्षिण पूर्वी एसियाली मुलुकबीच लामो समयदेखि विवाद जारी छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ६ : २९ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६