सुदूरपश्चिममा आज ‘ओल्के पर्व’ मनाइँदै, प्रदेशभरि सार्वजनिक बिदा | Khabarhub Khabarhub

सुदूरपश्चिममा आज ‘ओल्के पर्व’ मनाइँदै, प्रदेशभरि सार्वजनिक बिदा


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के पर्व’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ।

भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरूप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठामीठा खानाका परिकार पकाउने तयारी गरिन्छ । कामका लागि बाहिर रहेकाहरू पनि यो चाड मनाउन आआफ्ना घर फर्किन्छन् ।

ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौँदेखि छ ।

ओल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी पुरी, बाबर, माणा, निसौसे, गतानी डुब्कालगायत डोटेली खानाका मीठा परिकार खुवाउने चलन छ । माइतीघरमा आइपुग्ने ज्वाइँ–छोरीलाई मीठा खानाका परिकारका साथै शक्ति र गच्छेअनुसारको दान दक्षिणा दिएर स्वागत गर्ने गरिन्छ ।

यस पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदोबाट हत्केला र खुट्टाको औँला रङ्गाइ रमाइलो गर्ने गरिन्छ ।

यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ ।

रोगको सङ्क्रमणबाट बच्न हातखुट्टा रङ्गाइने हुँदा यसलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडको रूपमा समेत लिइने गरिन्छ । डोटेली लोक संस्कृतिको मौलिक पर्व ‘ओल्के’का अवसरमा प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ५१ बजे

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

पर्वत– उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि उत्पन्न जटिल

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ ।

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा