नाइजेरियामा सशस्त्र गिरोहसँगको भिडन्तमा ३६ सैनिकको मृत्यु « Khabarhub

नाइजेरियामा सशस्त्र गिरोहसँगको भिडन्तमा ३६ सैनिकको मृत्यु


१ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अबुजा– नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र विद्रोहीहरू विरुद्धको अभियानका क्रममा एम्बुस र हेलिकप्टर दुर्घटना हुँदा ३६ नाइजेरियाली सैनिकको मृत्यु भएको छ।

नाइजेरियाली सेनाका अनुसार उत्तरी क्षेत्रमा सशस्त्र गिरोहहरूसँगको झडपको क्रममा आतङ्ककारीहरूले आक्रमण गरेको थियो।

स्थानीयहरुले हेलिकप्टरलाई छिमेकी नाइजरको वुशीशीमा सशस्त्र गिरोहहरूले गोली हानेको बताए । यसले नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीहरूको बढ्दो शक्तिलाई लिएर चिन्ता बढाएको छ।

रक्षा प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले सञ्चारमाध्यमलाई भने, ‘सेनाले सोमबारदेखि नाइजरमा अपरेशन गरिरहेको थियो, जब सशस्त्र गिरोहहरूले उनीहरूलाई आक्रमण गरे।आक्रमण र गोली हानाहानमा तीन सैनिक अधिकृत र २२ सैनिकको मृत्यु भएको उनले बताए । सात सैनिक घाइते भएका छन् ।

यस आक्रमणले नाइजेरियाका राष्ट्रपति बोला अहमद अडेकुन्ले टिनुबुका लागि नयाँ चुनौतीहरू खडा भएको छ । हालैको सैन्य कू पछि छिमेकी नाइजरमा प्रजातन्त्र पुनर्स्थापना गर्न इकोवासको पश्चिम अफ्रिका क्षेत्रीय ब्लकद्वारा प्रयासहरूको नेतृत्व गरिरहेका छन्।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ८ : ५८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको