संसद् सञ्चालन गर्ने विषयमा गम्भीर हुन सभामुख घिमिरेको आग्रह « Khabarhub

संसद् सञ्चालन गर्ने विषयमा गम्भीर हुन सभामुख घिमिरेको आग्रह


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घीय संसद्द्वारा आज आयोजित ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामामा उनले सूचनाको हक कति प्राप्त गर्ने भन्ने सीमालाई बुझ्न भने जरुरी रहेको धारणा राखे । सभामुख घिमिरेले भने, “संसद् सकेसम्म धेरै सूचना दिन प्रतिबद्ध छ । सञ्चारको माध्यमबाट संसद्लाई कसरी प्रभावकारी बनाउन लैजान सकिन्छ भन्नेमा प्रयत्न भइरहेको छ ।”

सूचना लिने र दिने मात्र विषय नभई लोकतन्त्र र जनसरोकारको विषय भएको बताउँदै उनले कतिपय अवस्थामा परिस्थितिमा वस्तुगत परिस्थिति निर्धारण गर्ने बताए । संसद्लाई सबै खाले समस्या समाधान गर्ने थलो बनाउन आवश्यक रहेको बताउँदै उनले सत्तापक्ष र प्रतिपक्षलाई आआफ्नो अडानमा लचकता देखाई संसद् सञ्चालन गर्ने वातावरण बनाउन गम्भीर हुन सुझाव दिए ।

उपसभामुख इन्दिरा रानाले पत्रकारिता पेशाको मर्यादा र ओजलाई बुझेर मात्र काम गर्न सुझाव दिए । उनले भने, “पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले राज्यले नै सेवा, सुविधा र सूचना उपलब्ध गराउनुपर्छ, पार्टीको भरिया बनाउनुहुन्न ।”

महासचिव डा भरतराज गौतमले संसद् सचिवालयले सेवा प्रवाह र पत्रकारको भोगाइबीच तादात्म्यता मिलाउन आफूहरू प्रयत्नशील रहेको बताए । सचिवालयका सचिव डा रोजनाथ पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै समाचार सम्प्रेषणका लागि कागजात र समाचारको पहुँच सुनिश्चित गराउन सचिवालय र संसदीय दलको भूमिका महत्त्वपूर्ण हुने बताए । सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् र संसदीय समितिमा पत्रकारको पहुँचको स्थिति दक्षिण एसियामै नेपालमा सहज र नियमित रहेको बताए ।

संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले ‘संसदीय पत्रकारिता अभ्यास र अपेक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै मिडिया सेन्टरलाई व्यवस्थित र लबी रिर्पोटिङको व्यवस्थामा सचिवालयको विशेष ध्यानाकर्षण गराए । काठमाडौँ उपत्यकामा रहेका राष्ट्रिय सञ्चार माध्यममा रही संसदीय समाचार सङ्कलन र सम्प्रेषणमा कार्यरत ५० जना पत्रकारको अन्तर्क्रियामामा सहभागिता रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : १२ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले