एसियाड तयारी : कबड्डी टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै « Khabarhub

एसियाड तयारी : कबड्डी टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको होङ्झाउमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज भारत जाँदैछ । चीनको होङ्झाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औँ एसियाड सुरु हुँदैछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

खेलाडीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडु, अर्पणा चौधरी, गङ्गा चौधरी, इशा राई र कलावती पन्त रहेका छन् ।

प्रशिक्षकमा पार्वती राई र विष्णु दत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

त्यस अवधिमा टोलीले सात म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केही दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको महासचिव झाले बताए ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : ३७ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि