भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने « Khabarhub

भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीहरुले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने भएका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय भारतले सेनालाई थप सक्षम र सुदृढ बनाउने प्रयास गरिरहेको छ । चीनसँगको सम्बन्धमा सुधार आउन नसकेको अवस्थामा भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

सैन्य ड्रोनको सञ्चार कार्य, क्यामेरा, रेडियो प्रसारण र अपरेटिङ सफ्टवेयरमा चीनमा निर्मित पार्टपुर्जा राख्नाले सुरक्षा संवेदनशीलता जोखिममा पर्नसक्ने भारतीय सुरक्षा अधिकारीको चिन्ता छ ।

भारतीय अखबार अमर उजालाका अनुसार भारतीय सुरक्षा अधिकारीहरु यस्ता ड्रोनमा स्वदेशी पार्टपुर्जाको प्रयोग गर्दा लागत बढ्नसक्ने भएपनि त्यसलाई स्वीकार गर्ने पक्षमा छन् ।

यसअघि अमेरिकी रक्षा प्रशासन पेन्टागनले पनि चीनमा बनेका ड्रोन र ड्रोनका कम्पोनेन्टको खरिदमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ३ : १५ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको