डेङ्गुबाट सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा « Khabarhub

डेङ्गुबाट सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा  आज उनले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।  

मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे । विराटनगरस्थित एक हजार शय्याको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा डेङ्गुलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था मिलाएको उनले बताए।  मुख्यमन्त्री थापाले डेङ्गु नियन्त्रणका लागि माग गरिएको ‘स्प्रे मेसिन’ प्रदेश विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइने जानकारी दिए ।  

यस्तै कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले समयमै डेङ्गु रोग नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको औँल्याए ।  मुख्यमन्त्री थापालाई नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका धरानस्थित नगरसभापतिले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

कांग्रेसका नगरसभापति श्याम पोखरेल, एमालेका हर्कजङ एवेल, माओवादी केन्द्रका सर्वजित राई, नगरपालिकाका पूर्वप्रमुख तिलक राईलगायतले डेङ्गु नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि सहयोग गर्न मुख्यमन्त्री थापालाई आग्रह गरे । 

तीन महिनायता डेङ्गुका कारण ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ४ : ५९ बजे

सरकारी अस्पतालमा नर्सिङ जनशक्तिको चरम संकट : बिदा र भत्तामा समेत हुन्छ विभेद

काठमाडौँ- सरकारले सरकारी कर्मचारीका लागि साताको दुई दिन बिदा लागू

जलस्रोतसम्बन्धी नयाँ कानुन ल्याउने सरकारको तयारी

काठमाडौँ– जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी

तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो

कैलाली– कैलालीको भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको

लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना

काठमाडौं- सुरुमै ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुगेको विषयमा छोटो टिप्पणी- पीडकलाई

धवलागिरिमा मानव पाइला परेको ६६ वर्ष, सात सय जनाभन्दा बढीबाट आरोहण

म्याग्दी– धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा