यसरी पाइन्छ फ्रान्सको प्रतिभाशाली कार्ड | Khabarhub Khabarhub

यसरी पाइन्छ फ्रान्सको प्रतिभाशाली कार्ड


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-यूरोपको शक्तिशाली देश फ्रान्सले विश्वभरबाट क्षमतावान र प्रतिभाशाली जनशक्ति आफ्नो देशमा भित्र्याउन नयाँ नीति अघि बढाएको छ ।

सन् २००९ बाट ‘स्कील एण्ड ट्यालेन्ट भिसा’को सुरुवात गरेको फ्रान्सले विश्वभरका दक्ष र प्रतिभाशाली व्यक्तिलाई आफ्नो देश भित्र्याउने योजना झनै प्रभावकारी बनाउँदै लगेको छ । यो योजनामा सहभागी हुनका लागि व्यक्तिगत क्षमता पनि फ्रान्सले निर्धारण गरेको छ ।

राम्रो अंक ल्याएर स्थानकोत्तर तह उत्र्तीण गरेको विद्यार्थी, विभिन्न क्षेत्रका अध्येता, फ्रान्स मै ठूलो कम्पनीमा धेरै सेवासुविधा लिएर काम गर्ने उच्च तहका कर्मचारी, विश्वबजारमा उपस्थिति जनाएका व्यापारी, चर्चित कलाकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउने खेलाडी, अन्तर्राष्ट्रिय पुरस्कार पाउने व्यक्ति, शिक्षा, पत्रकारिताका क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्राथमिकतामा राखिएको छ ।

‘प्रतिभाशाली कार्ड’ नाम राखिएको यो कार्ड प्राप्त गर्ने व्यक्तिलाई फान्स जान भिसा दिइने छ । जहाँ ४ वर्षका लागि स्थायी बसोबासको अनुमति दिइन्छ । त्यसपछि फ्रान्सेली नागरिकता पनि दिन सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तो नीति किन?

फ्रान्सले प्रतिभाशालीहरुलाई आफ्नो देशमा भित्र्याएर अर्थव्यबस्था मजबुद बनाउने योजना बनाएको छ । त्यस्तै कला, साहित्यका माध्यमबाट पनि देशलाई प्रभावशाली बनाउने योजना फ्रान्सको छ ।

प्रतिभाशाली व्यक्तिमार्फत शिक्षा, खेलकुदको विकास गर्दै नयाँ नयाँ क्षेत्रमार्फत देशको प्रचार गर्ने तयारीसहित यो प्रणाली ल्याएको हो । यो अभियानमा सामेल हुँदै संसारका धेरै देशका नागरिक स्थायी अनुमतिपत्र लिएर फ्रान्समा बसोबास थालेका छन्। योग्यता पुगेका सबै देशका नागरिकले शुरुमा फ्रान्सेली दूताबासमा आवेदन दिइ आफ्नो योग्यता पुष्टि हुने कागजात पेश गरेपछि प्रक्रियाको सुरुवात हुन्छ र केही महिनाभित्रै निर्णय आउछ।

प्रतिभाशाली व्यक्तिले श्रम स्वीकृती या फ्रान्सबाट अन्य कुनैप्रकारका कागजातको आवश्यकता पर्दैन। प्रतिभाशाली कार्ड प्राप्त गर्ने व्यक्तिले आफुले फ्रान्सको अर्थव्यबस्था, संस्कृति, कला, विज्ञान, खेल वा अन्य अप्रत्यक्ष माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याउने संभावना देखाउन सक्नुपर्दछ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १ : २३ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन