सबै प्रकरणका फाइल खुल्नुपर्छ : महामन्त्री थापा | Khabarhub Khabarhub

सबै प्रकरणका फाइल खुल्नुपर्छ : महामन्त्री थापा


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दमक– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए । सबै ती फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए।

‘विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी दण्डित गरिनुपर्छ’, उनले भने । चुनौतीलाई अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । उनले भने– ‘२०८४ सालको निर्वाचनको चिन्ता होइन, २०८० देखिनै देशको अवस्था परिवर्तनमा हामी सबै एकभएर लागेपछि देशको मुहार फेर्न सकिन्छ ।’ 

केही दल आगामी आम निर्वाचनमा जित हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै उनले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गरे । महामन्त्री थापाले देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्नथालेका टिप्पणी गरे । कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर जनताको परिवर्तनको निम्ति सक्रिय भई जुट्नुपर्ने उनले उल्लेख गरे । 

पार्टी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको उक्त सम्मेलनमा कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायत नेताले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : १४ बजे

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले