गायिका पुजन काफ्लेको ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक  « Khabarhub

गायिका पुजन काफ्लेको ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक 


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ । तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक भइरहेका छन् । 

हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका पुजन काफ्लेले तीज गीत तयार गरेकी छिन् । 

‘ए आमा गाउँदै नाच्ने हो’ बोलको तीज गीत गायिका काफ्लेकै शब्द समेत रहेको छ भने संगीत आरसी रिमालले दिएका छन् । गीतमार्फत तीजलाई हर्षोल्लासका साथ मनाउनु पर्छ भन्ने भाव व्यक्त गरिएको गायिका काफ्लेले बताइन् । उनले भनिन, ‘गीतको शब्दमा तीजमा चेलीले महसुस गर्ने भावलाई समेटेकी छु । गीतमार्फत सपरिवार र उनीहरूको पर्वमा महत्वलाई दर्शाइएको छ ।’ 

उनले गीतमार्फत चेलीको बेदनासँगै परिवारमार्फत् चाहने साथ र सहयोगलाई देखाइएको बताइन् । गीतको निर्मित भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन् । 

शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्‍टि थापा मगरको मेकअप एण्ड हेयर रहेको छ । 

गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आउँदो तीजमा दर्शक तथा स्रोताको रोजाइमा पर्ने विश्वास व्यक्त गरिएको छ । यसअगाडि गायिका काफ्लेले ‘मेरो सासको’ बोलको आधुनिक गीत सार्वजनिक गरिसकेकी छिन् । 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ३० बजे

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २२ गते सोमबार सन् २०२६

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई