पाकिस्तानमा बम विस्फोट, ११ मजदुरको मृत्यु « Khabarhub

पाकिस्तानमा बम विस्फोट, ११ मजदुरको मृत्यु


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानमा बम विस्फोट हुँदा ११ जना मजदुरको मृत्यु भएको छ । उत्तरी वजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् ।

एआरवाई न्युजका अनुसार मजदुर चढेको एउटा भ्यानमा बम विष्फोट हुँदा उक्त हताहती भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

अघिल्लो साता वजिरिस्तानको बाजौरमा ठूलो आत्मघाती विष्फोट भएको थियो । चुनावी सभामा सहभागी हुन गएकाहरूलाई लक्षित गरी गराइएको उक्त विस्फोटमा २३ जना बालबालिकासहित ६३ जनाको मृत्यु भएको थियो ।

इस्लामिक स्टेट समूहले गराएको उक्त आक्रमणमा दुई सयभन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ३९ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६