नेपाल भारतको अभिन्न अंग हो भन्ने बागेश्वर बाबाको अभिव्यक्तिबारे जानकारी छैन : मन्त्री श्रेष्ठ « Khabarhub

नेपाल भारतको अभिन्न अंग हो भन्ने बागेश्वर बाबाको अभिव्यक्तिबारे जानकारी छैन : मन्त्री श्रेष्ठ


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल भारतको अभिन्न अंग हो भनी भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्री ‘बागेश्वर बाबा’ ले दिएको अभिव्यक्तिबारे आफूलाई जानकारी नरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले नेपाल एउटा सार्वभौम राष्ट्र भन्नेमा कुनै सन्देह नरहेको बताए । उनले शास्त्रीले सुरुमा झुक्किएर एउटा वाक्य बोलेको र त्यसपछि सच्याएको भन्ने खबर आफूले पाएको उल्लेख गरे ।

उनले यसअघि आफूले धीरेन्द्रकृष्ण शास्त्रीको नाम कहिल्यै नसुनेको भएपनि स्वामी आनन्द अरुणको आग्रहपछि उनीसँग भेट गरेको बताए । यसअघि नेपाल भ्रमणमा रहेका शास्त्रीसँग गृहमन्त्रीले गोप्य भेट गरेको खबर सार्वजनिक भएको थियो ।

आफू व्यक्तिगत रुपमा जीवन र जगतलाई सृष्टि गर्ने कुनै एउटा व्यक्ति ईश्वरको नाममा रहेको र उसको विधिविधान धर्म हो भन्ने नमान्ने भएपनि अध्यात्ममा थुप्रै सकारात्मक पक्षहरु भएकाले योग र ध्यानमा विशेष रुचि रहेको बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ५१ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक