श्रीलङ्कामा खडेरीका कारण बालीनालीमा क्षति भएपनि धानको अभाव नहुने « Khabarhub

श्रीलङ्कामा खडेरीका कारण बालीनालीमा क्षति भएपनि धानको अभाव नहुने


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलङ्काले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ ।

कृषिमन्त्री महिन्दा अमरवीरालाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चालू मौसममा पाँच लाख तीन हजार हेक्टर जमिनमा धान खेती गरिएको छ, जसमध्ये केही बाली खडेरीबाट प्रभावित भएका छन् ।

गत वर्ष रोपाइँको मौसममा राम्रो रोपाइँ भएकाले एक बर्ष धानको अभाव नहुने उनले बताए । श्रीलङ्काको मौसम विज्ञान विभागले सेप्टेम्बरको अन्त्यसम्म सुख्खा याम जारी रहने पूर्वानुमान गरेको छ । श्रीलङ्काको मुख्य भोजन धान हो र दक्षिण एसियाली यस देशमा वर्षमा दुई मौसममा धान खेती गरिन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १० : १३ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी