१३ वर्षमै पिता बनेका यी बालकको घतलाग्दो कहानी यस्तो छ « Khabarhub

१३ वर्षमै पिता बनेका यी बालकको घतलाग्दो कहानी यस्तो छ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १३ वर्षको उमेरमा आमा बनेका केही घटना सार्वजनिक हुन्छन् । नेपालमै पनि यस्ता केही घटना यदाकता सार्वजनिक भइरहेका हुन्छन् । तर, १३ वर्षको उमेरमै पिता बनेको घटना सायद विरलै होलान् ।

घटना बेलायतको हो । उनी २००९ मा १३ वर्षको उमेरमै पीता बनेको खबर सार्वजनिक भएको थियो । यो खबरले सबैलाई अचम्मित पारेको थियो । कतिपयले त यो खबर पत्याउनै सकेनन् । तर यो वास्तविक घटना थियो । ती किशोरको नाम एल्फी हो । उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक । उनको कहानी गज्जबको छ ।

जब उनी १२ वर्षका थिए, एकजना १५ वर्षीया किशोरीसँग उनको प्रेम बस्यो । उनीहरुबीच सम्बन्ध भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।

आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो । तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शानदार अनुभव भएको बताएका थिए ।

तर विडम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धोका दिइन् र छोरी सँगै लिएर अर्कैसँग हिडिन् । ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् ।

१३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका गर्भवती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए । प्रेमिकाले बच्चा नजन्माउने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मेवारी आफूले लिने भन्दै प्रेमिकाको पूरा ख्याल गरेका थिए ।

तर, प्रेमिका छोरीलाई लिएर पोइल गएपछि एल्फी गहिरो पीडामा परे । त्यसपछि नराम्ररी बिग्रेका थिए । मादक पदार्थ लगायत सेवन गर्न थाले । उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही कारण उनी जेल जीवन बिताउन बाध्य बनेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ५९ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा