१३ वर्षमै पिता बनेका यी बालकको घतलाग्दो कहानी यस्तो छ | Khabarhub Khabarhub

१३ वर्षमै पिता बनेका यी बालकको घतलाग्दो कहानी यस्तो छ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १३ वर्षको उमेरमा आमा बनेका केही घटना सार्वजनिक हुन्छन् । नेपालमै पनि यस्ता केही घटना यदाकता सार्वजनिक भइरहेका हुन्छन् । तर, १३ वर्षको उमेरमै पिता बनेको घटना सायद विरलै होलान् ।

घटना बेलायतको हो । उनी २००९ मा १३ वर्षको उमेरमै पीता बनेको खबर सार्वजनिक भएको थियो । यो खबरले सबैलाई अचम्मित पारेको थियो । कतिपयले त यो खबर पत्याउनै सकेनन् । तर यो वास्तविक घटना थियो । ती किशोरको नाम एल्फी हो । उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक । उनको कहानी गज्जबको छ ।

जब उनी १२ वर्षका थिए, एकजना १५ वर्षीया किशोरीसँग उनको प्रेम बस्यो । उनीहरुबीच सम्बन्ध भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।

आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो । तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शानदार अनुभव भएको बताएका थिए ।

तर विडम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धोका दिइन् र छोरी सँगै लिएर अर्कैसँग हिडिन् । ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् ।

१३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका गर्भवती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए । प्रेमिकाले बच्चा नजन्माउने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मेवारी आफूले लिने भन्दै प्रेमिकाको पूरा ख्याल गरेका थिए ।

तर, प्रेमिका छोरीलाई लिएर पोइल गएपछि एल्फी गहिरो पीडामा परे । त्यसपछि नराम्ररी बिग्रेका थिए । मादक पदार्थ लगायत सेवन गर्न थाले । उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही कारण उनी जेल जीवन बिताउन बाध्य बनेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ५९ बजे

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्

भूमिहीनलाई जग्गा माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने