सामाजिक सञ्जालमा सबैभन्दा बढी लोकप्रिय सूचीको पहिलो नम्बरमा प्रियंका (फोटो फिचर) « Khabarhub

सामाजिक सञ्जालमा सबैभन्दा बढी लोकप्रिय सूचीको पहिलो नम्बरमा प्रियंका (फोटो फिचर)


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउडकी अभिनेत्री प्रियंका चोपडा भारतमा देशी गर्लको नामले चर्चामा रहेकी छिन् ।

अहिले प्रियंका हलिउडमा व्यस्त रहेकी छिन् । उनले बलिउड सँगै हलिउडमा पाइला चाल्दा साथ उनको लोकप्रियता झन् झन बढ्दै गएको छ ।

हलिउड रिपोर्टर्सको ग्लोबल सोसल मिडिया क्लाइम्बर्स चार्टका अनुसार हाल प्रियंका सामाजिक संजालमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन् । चार्टको सूचीमा हालसम्म प्रियंका १२ पटक शीर्ष स्थानमा पुगिसकिन्।

यसपटक भने प्रियंकाले पछिल्लो पटक सामाजिक संजालका सबैभन्दा लोकप्रिय व्यक्ति नायक नथा पूर्व रेस्लर खेलाडी ड्वाइने जोनसन अर्थात् रकलाई पछि पार्न सफल भएकी छिन् ।

एक महिनाको अवधिमा प्रियंका तीन पटक सामाजिक संजालकी सबैभन्दा लोकप्रिय व्यक्ति बनेको हलिउड रिपोर्टर्सको चार्टले उल्लेख गरेको छ ।

चार्टले फेसबुक, इन्स्टाग्राम, युट्युब र ट्वीटरमा राखिएका फोटो, भिडियोको भिजिटर, लाइक्स, कमेन्ट्स, डिस्लाइक्स तथा इन्गेजमेन्टको डेटा संकलन गरेर सर्वाधिक लोकप्रिय व्यक्तिको सूची सार्वजनिक गर्ने गर्दछ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : २० बजे

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तर्राष्ट्रिय दिवस हो

विश्वकप २०२६ मा फुटबलको कुन कुन नियम फेरियो ?

फुटबल समर्थकहरूले विश्वकप २०२६ मा केवल नयाँ च्याम्पियन मात्र होइन,

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र

नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले