सिद्धार्थनगर गेट बन्यो डम्पिङ साइट : पर्यटक नै भाग्नेगरी फोहोरको डङ्गुर र दुर्गन्ध | Khabarhub Khabarhub

सिद्धार्थनगर गेट बन्यो डम्पिङ साइट : पर्यटक नै भाग्नेगरी फोहोरको डङ्गुर र दुर्गन्ध


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पर्यटकलाई स्वागत गर्न निर्माण गरेको गेटनजिकै फोहोरको डङ्गुर देखिन्छ ।

सिद्धार्थ गौतमबुद्धको जन्मभूमिमा प्रवेश गरेको अनुभूति दिलाइने भन्दै बनाइएको सिद्धार्थ राजमार्गमा अवस्थित गेटनजिकै अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापन गर्ने गरेको छ । पर्यटकलाई लक्षित गरी प्रवेशद्वार बनाइएपनि अहिले नगरपालिका आफैँलै नगरको फोहोर गेटनजिकै फाल्दै आएको छ ।

अहिले दैनिक रुपमा सिद्धार्थनगरबाट उत्सर्जन भएको फोहोर नगरपालिकाले गेटनजिकै डण्डा नदीको किनारमा व्यवस्थापन गर्दै आएको छ । केही समयदेखि सिसाको टुक्रा संकलन केन्द्र बनेको सो क्षेत्र अहिले सिसासँगै फोहोरको डम्पिङ क्षेत्रसमेत बन्न पुगेको छ ।

भारत उत्तर प्रदेशको गोरखपुरबाट साथीहरुसँग घुम्न आएका प्रमिन्दर मंगलबार गेटको फोटो लिन भनेर गाडीबाट ओर्लेका थिए । तर फोहोरको दुर्गन्धका कारण उनी केही मिनेटमै गाडी चढे र भैरहवा लागे । पर्यटकले मनोरञ्जन गरुन् र सम्झनास्वरुप तस्वीर लिउन् भन्ने उद्देश्यले गेट बनाएपनि नगरपालिका आफैँ पर्यटक भगाउने रणनीतिमा लागेको भन्दै आलोचना समेत सुरु भएको छ ।

सिद्धार्थनगर नगरपालिकाले वर्षौँदेखि वडा नं १ स्थित डण्डा नदी किनारमा रहेको झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएको थियो । फोहोरले स्थानीयबासिन्दा प्रभावित भएसँगै वडा नम्बर १ र २ का बासिन्दाले फोहोर बोक्ने गाडीको प्रवेशमा नै रोक लगाएर विरोध जनाएका थिए । यसअघि पनि स्थानीयले पटक पटक विरोध जनाएउँदै आएपनि विभिन्न सहमति गरी विगत ३ दशकयता नियमित रुपमा नगरको फोहोर सोही क्षेत्रमा व्यवस्थापन हुँदै आएको थियो ।

अहिले स्थानीयको विरोधसँगै नगरपालिकाले फोहोर डम्पिङ क्षेत्रको स्थान नै परिवर्तन गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाका फोहोर व्यवस्थापन प्रमुख अधिकृत केशव पौडेलले पुरानो ठाउँमा स्थानीयले गरेको अवरोधका कारण साउन ४ गतेबाट सिद्धार्थ राजमार्गनजिक पर्यटकीय गेटको पश्चिमतर्फ नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको बताए । अहिले नगर क्षेत्रबाट संकलन भएको फोहोर गेट नजिकैको क्षेत्रमा टयाक्टरमार्फत पठाउने, खाल्डोमा फोहार राखी सम्याउने र माटो पुर्ने गरी फोहोर व्यवस्थापन गरिरहेको बताए ।

सार्वजनिक जग्गा हो भन्ने सुन्नमा आएको डम्पिङ क्षेत्रमा गन्ध नआओस भन्नका लागि मट्टितेल, फिनेल र इमो झोल दैनिक रुपमा हाल्ने गरेको उनले बताए । पहिलाको ठाँउमा स्थानीयले अवरोध गरी फाल्न नदिएपछि अहिले यो क्षेत्रमा फोहोर व्यवस्थापन हुदै आएको अधिकृत पौडेलको भनाइ छ ।

पौडेलका अनुसार सिद्धार्थनगरमा दैनिक ३० टनको हराहारीमा फोहोर उत्सर्जन भई नगरपालिकाले करिब सय जना जनशक्ति लगाएर १२ वटा टयाक्टर, ठेला र कुचीकारहरुबाट फोहोर संकलन गर्ने गरेको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं १ का अध्यक्ष उज्जवल पोखरेलले गेटनजिकै को सो क्षेत्रमा पहिलादेखिनै सिसाको कवाड (फोहोर) संकलन हुँदै आएको र वातावरण नै प्रभावित बनेकोले पटक पटक हटाउने प्रयास गरेपनि नमानेपछि जरिवानास्वरुप नगरको फोहोर सोही क्षेत्रमा फाल्न दिएको बताए ।

वर्षौ देखि नगरको फोहोर वडा नं. १ मै फलिरहेको छ झण्डी बजार होस या पर्यटकीय गेट नजिकै । फोहोरको कारण स्थानीय नैडिहवा र हर्नैया क्षेत्रको नागरिकमा असर परेको क्षेत्रमा अहिले नगरपालिकाले स्वास्थ्य बीमाको लागि बजेट छुट्याएको बताए ।

गेटनजिकै रहेको निजी जग्गा लिजमा लिई सिसा कवाडको काम गर्दै आएका राम प्रसाद पन्तले नगरपालिकाले फालेको फोहोरको कारण काम गर्न सकिने अवस्था नभएकोले काम नै बन्द गरेको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : ४६ बजे

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा– किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी

हेटौँडा– बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने

खो खो विश्वकप : आज नेपाल र भारतबीच उपाधि भिडन्त

काठमाडौं– खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको

सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

बागलुङ– निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका