तीव्र गतिका कारण बस त्रिशूलीमा खसेको प्रारम्भिक निष्कर्ष | Khabarhub Khabarhub

तीव्र गतिका कारण बस त्रिशूलीमा खसेको प्रारम्भिक निष्कर्ष


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ । त्यही छाँगोको पानी कटाउने रेलिङ बिनाको सानो पुल छ । पुल भएको नजिकै सडकमा दुई मिटर जति लम्बाइको खाल्डो छ । पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे छ ।

प्रहरी उपरीक्षक गौतम भने, “कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो । सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ ।”

रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रो पटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा दुई जना महिलासहित आठ जनाको मृत्यु भएको छ । सत्र जना घाइते भएका छन् । एक जना बेपत्ता भएको आशङ्कामा खोजीकार्य जारी छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ३८ बजे

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको

 नेपाली महावाणिज्य दूतावासबाट नेपाल-चीन व्यापार सहजीकरणबारे‍ अन्तरक्रिया

काठमाडौं– नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका

बिहानै डाकिएको काठमाडौं महानगरको श्रोत व्यवस्थापन बैठक अनिश्चित , प्रवक्ता मानन्धर भन्छन्- आधिकारिक जानकारी छैन

काठमाडौं– काठमाडौं महानगरपालिकामा बुधबार बस्ने भनिएको स्रोत अनुमान तथा बजेट

राजुनाथको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अन्तरिम