डेढ महिनादेखि चार सय घरधुरी अन्धकारमा  | Khabarhub Khabarhub

डेढ महिनादेखि चार सय घरधुरी अन्धकारमा 


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–२ का करिब चार सय घरधुरी डेढ महिनादेखि अन्धकारमा छन् ।

पहिरोले दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत्गृह बगाउपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दाको जनजीवन प्रभावित बनेको हो ।

मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको परियोजनको विद्युत् गृह असार अन्तिम साता बगाएको थियो । धौलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले परियोजना बगाउँदा चार वटा बस्तीका तीन सय ७० घरधुरी डेढ महिनादेखि अन्धकार बनेका बताए।

‘नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत् गृह र पेनस्टक पाइप बगाएको छ’, उनले भने, ‘पेनस्टक पाइप, विद्युत् गृह र उपकरण पहिरोले खोलामा मिसाएको छ ।’

विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना विसं २०७२ मा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघु जलविद्युत् परियोजना योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघु जलविद्युत् परियोजनामा निर्भर छन् । परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजीवन प्रभावित भएको उपभोक्ता भक्त सिंकिजा पुनले बताए। उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको छ ।

विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न समस्या भएको छ । पछिल्लोपटक परियोजना मर्मत गर्न गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु दश लाख खर्च भएको थियो ।

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए । ‘नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि रु २० करोड बजेटको ठेक्का सम्झौताको तयारीमा छ’ उनले भने, ‘लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौँ ।’

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ८ : २३ बजे

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

एजेन्सी– संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत

मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै

काठमाडौं– राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

एजेन्सी– संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

गाईघाट– उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक

प्रकृति र संस्कृतिको संगम बाँकेको ‘गाभर भ्याली होमस्टे’ 

बाँके– बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे)