गौरा पर्वले सामाजिक सद्भाव सुदृढ गर्छ : मुख्यमन्त्री शाह | Khabarhub Khabarhub

गौरा पर्वले सामाजिक सद्भाव सुदृढ गर्छ : मुख्यमन्त्री शाह


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गौरा पर्वले धार्मिक आस्था, आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने बताएका छन् ।

आज गौरा पर्वको शुभकामना सन्देश जारी गरेर उनले नेपालभर र विश्वभरि छरिएर रहेका प्रदेशवासीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् । गौरा पर्व प्रदेशभर भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ ।

गौरा पर्वमा महिलाले निराहार रही घरघरमा तामा वा पित्तलको भाँडोमा बिरुडा भिजाउने, धार्मिक अनुष्ठान तथा पूजाआजा गर्ने गर्दछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाले शिव पार्वतीको पूजाआजा गरी अष्टमीको दिनलाई विशेष श्रद्धाभक्तिका साथ मनाउने गर्दछन् ।

जारी सन्देशमा भनिएको छ, ‘गौरा पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने र इष्ट कुल देवता प्रसन्न हुने जनविश्वास रहेको छ ।’ गौरा पर्वका अवसरमा प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १२ : ५१ बजे

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)