मोरङको बेतनामा सङ्कटापन्न ‘ब्ल्याक सफ्टसेल’ कछुवा फेला « Khabarhub

मोरङको बेतनामा सङ्कटापन्न ‘ब्ल्याक सफ्टसेल’ कछुवा फेला


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्ल्याक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।

‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,’ वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए ।

सन् २०२२ मा नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा. पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ‘ब्लाक सफ्ट सेल’ (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ ।

उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आइयुसीएन’मा अति सङ्कटापन्न प्रजातिको रुपमा सूचीकृत रहेको बताए ।

नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको सङ्ख्यामा रहेको अनुसन्धान टोलीका सदस्य तपिल प्रकाश राईले जानकारी दिए ।

भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयूर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको राईले बताए । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपेटा भएका छन् ।

तराईका केही जिल्लामा मात्र भेटिने मयूर प्वाँखे कछुवा अन्यन्त्रको तुलनामा पूर्वी नेपालमा बढी मात्रामा भेटिने गरेको छ । सिमसारमा कृत्रिम संरचना निर्माण गर्दा बासस्थान विनाश हुँदै गएको र चोरी तस्करी नियन्त्रण हुन नसक्दा यसको अस्तित्व लोप हुने खतरा रहेको छ ।

नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने मयूर प्वाँखे कछुवा नेपालमा पाइने कछुवा प्रजातिभन्दा केही ठूलो हुन्छ । रातको समयमा सक्रिय हुने यो प्रजातिले शङ्के किरा, माछा, गड्यौलालगायत स–साना प्रजाति खान्छ । एक पटकमा २० देखि ३० वटासम्म फुल पार्छ । अगस्ट र नोभेम्बर महिनामा फुल पार्ने र जुनदेखि जुलाइमा कोरल्छ ।

दलदलमा बस्ने यो कछुवाले माटोमुनि नै बस्न रुचाउँछ । भालेभन्दा पोथी केही ठूलो हुने यो प्रजातिको कछुवा नेपालमा अधिक चोरी शिकार हुने प्रजातिभित्र पर्छ ।

यो प्रजातिको बारेमा अध्ययन अनुसन्धान कम हुँदा यसको अवस्थाबारे थाहा हुन छाडेको छ । विसं २०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको एक विवरणमा उक्त प्रजातिको कछुवा सुनसरी, चितवन र बर्दियामा पाइने उल्लेख छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : ३९ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई