माल्टा पठाइदिन्छु भन्दै नेपालीबाट ६५ लाख ठगी गर्ने भारतीय नागरिक पक्राउ « Khabarhub

माल्टा पठाइदिन्छु भन्दै नेपालीबाट ६५ लाख ठगी गर्ने भारतीय नागरिक पक्राउ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि माल्टा पाइदिने भन्दै नेपाली नागरिकबाट ६५ लाखभन्दा बढी उठाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भइ काठमाडौंको सिनामंगल बस्ने २३ वर्षी राहुल पाण्डे छन् ।

पाण्डेले भीभी इन्टरनेशनल प्रालिमार्फत नेपालीहरुलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै नक्कली भिसा दिलाएर ठगी गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

माल्टा पठाइदिने भन्दै आफूहरुलाई नक्कली भिसा दिएको भन्ने उुजरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेले माल्टाको लागि भिसा प्रोसेसिङ र सेक्युरिटी डिपोजिटका लागि भन्दै विभिन्न व्यक्तिबाट ६५ लाख ७० हजार ३ सय रुपैयाँ उठाएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : ३७ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि