माल्टा पठाइदिन्छु भन्दै नेपालीबाट ६५ लाख ठगी गर्ने भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

माल्टा पठाइदिन्छु भन्दै नेपालीबाट ६५ लाख ठगी गर्ने भारतीय नागरिक पक्राउ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि माल्टा पाइदिने भन्दै नेपाली नागरिकबाट ६५ लाखभन्दा बढी उठाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भइ काठमाडौंको सिनामंगल बस्ने २३ वर्षी राहुल पाण्डे छन् ।

पाण्डेले भीभी इन्टरनेशनल प्रालिमार्फत नेपालीहरुलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै नक्कली भिसा दिलाएर ठगी गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

माल्टा पठाइदिने भन्दै आफूहरुलाई नक्कली भिसा दिएको भन्ने उुजरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेले माल्टाको लागि भिसा प्रोसेसिङ र सेक्युरिटी डिपोजिटका लागि भन्दै विभिन्न व्यक्तिबाट ६५ लाख ७० हजार ३ सय रुपैयाँ उठाएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : ३७ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित