भारतीय प्रधानमन्त्री मोदी ग्रीसको प्रतिष्ठित पदकबाट विभूषित « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी ग्रीसको प्रतिष्ठित पदकबाट विभूषित


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एथेन्स- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्रीसको प्रतिष्ठित ‘ग्रान्ड क्रस अफ द अर्डर अफ अनर’ पदक बाट सम्मान गरिएको छ । ग्रीस भ्रमणका क्रममा ग्रीक राष्ट्रपति कटरिना एन साकेलारोपौलोले प्रधानमन्त्री मोदीलाई उक्त पदकबाट विभूषित गरेकी हुन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा तस्वीर शेयर गर्दै आफूलाई प्रदान गरिएको पदकबाट ग्रीक जनताले भारतप्रति गरेको आदर जनाउने उल्लेख गरेका छन् ।

ग्रीसले सन् १९७५ देखि यस पदक प्रदान गर्दै आएको छ । ग्रीसले यस पदक विभिन्न मुलुकका प्रधानमन्त्री एवम् विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गर्ने गर्छ ।

यस पदकमा तारा र ग्रीक धर्ममा एथेन्स सहरकी इष्टदेवि एथेनाको तस्वीर अंकित छ भने ‘ओन्ली द राइचस सुड बि अनर्ड’ कुँदिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ७ : ०० बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन