गदर-२ को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी | Khabarhub Khabarhub

गदर-२ को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमिषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले शनिबार २६ अगस्टमा बक्स अफिसमा इतिहास रचेको छ । 

हो, शुक्रबार रिलिज भएको फिल्म ‘ड्रिम गर्ल २’को ‘गदर २’ को कमाईमा केही फरक पर्न सक्ने विश्वास गरिएको थियो तर यो पटक्कै भएको छैन । आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ ले पनि यो फिल्मको गतिलाई रोक्न सकेन ।

तारा सिंहलाई संसारभर मन पराइएको छ, जसका कारण उनको चर्चा सर्वत्र छ । तारा सिंह र सकिनाको कथाले विश्वभर करोडौँको व्यापार गरेको छ । हालै यसको १६ औं दिनको कमाई सार्वजनिक भएको छ । 

एक रिपोर्टका अनुसार फिल्मले शनिबार मात्रै १३ करोड कमाएको छ । विगत ५ दिनदेखि गदर २ को कमाईमा कमी आएको भए पनि शनिबार चलचित्रले अघिल्लो दिनको तुलनामा दोब्बर कलेक्सन गरेको छ ।

अहिले फिल्मको कुल कमाई ४४० करोड पुगेको छ । आइतबार फिल्मले घरेलु बक्स अफिसमा ४५० को आंकडा छुने अपेक्षा गरिएको छ । योसँगै विश्वव्यापी बक्स अफिसमा यो फिल्मको कलेक्सनले ५७५ करोडको आँकडा पार गरेको देखिन्छ । 

गदर २ को कुरा गर्दा यो २००१ मा आएको फिल्मको सिक्वेल हो । यसको सिक्वेलमा गदरको स्टारकास्ट मात्रै देखा परेका छन् । सनी देओल, अमिषा पटेल र उत्कर्ष शर्मा मुख्य भूमिकामा देखिएका छ ।

फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन् । गदर २ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले विश्वभर ५ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १० : ४७ बजे

शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षकहरूलाई काठमाडौं केन्द्रित

एल साल्भाडोर पुगे डेमोक्रेट सिनेटर

एल साल्भाडोर – अमेरिकी सिनेटरले भुलवश एल साल्भाडोर लगिएका मेरिल्यान्डका

नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

बाँके– लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला

प्यालेस्टाइनमा संकट बढ्दै : एम्बुलेन्ससमेत छाड्दैन इजरायली सेना

इजरायल – गाजामा प्यालेस्टाइनीमाथि इजरायली आक्रमण लगातार जारी रहेको छ।

एक लाख पर्यटकबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

बागलुङ– बागलुङ नगरपालिका– ४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण