सरकारका कामलाई जनतामा स्थापित गरौँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

सरकारका कामलाई जनतामा स्थापित गरौँ : प्रधानमन्त्री


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गरे । 

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारका काम कारबाहीलाई प्रभावकारीरूपमा अगाडि बढाउन आग्रह गरे ।

प्रधानमन्त्रीले भने, ‘पछिल्लो समय सरकारले गरेका कामबाट एकथरी व्यक्ति विक्षिप्त भएका छन् । उनीहरूले माओवादी केन्द्र, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् ।  त्यसलाई चिर्न बुद्धिजीवी सङ्गठनले भूमिका खेल्नुपर्छ ।’ प्रधानमन्त्रीले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका कामकारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गरे ।

साथै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र बिक नेकपा (माओवादी केन्द्र)मा समाहित भएका छन् । उनलाई एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा समाहित गराएका हुन् ।

अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय समिति सदस्य हेमराज शर्मा लगायतले विकलाई खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए। विगतमा सँगै रहेका केही कमरेडहरू अहिले फरक धारमा रहे पनि अबको समाजवादी क्रान्तिमा एक भएर अघि बढ्नुपर्ने उनले बताए ।

जनयुद्धकालमा समर्थकको भूमिकामा रही विसं २०६२ देखि राजनीतिमा लागेका बिक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट युवा जनस्वयंसेवक नेपालको वरिष्ठ केन्द्रीय उपाध्यक्ष पनि रहेका छन्। गत वैशाखमा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता हुँदा बिक नेकपा बहुमतकोतर्फबाट ३१ जिल्ला सदस्यसहित नेतृत्व गर्दै एकतापछि जिल्ला संयोजक बनेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : २४ बजे

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई सफाइ

काठमाडौं – भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक

भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाए : विद्या भट्टराई

काठमाडाैं  – सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित

सङ्खुवासभा – खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन

शिवपुरमा महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न

दाङ – घोराही उपमहानगरपालिका ११ शिवपुरमा प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत ‘भिआइए

टी–२० विश्वकप : नेदरल्याण्डसलाई बंगलादेशले दियो १६० रनको चुनौती

काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई १६०