हिमालयन बैंकको 'फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक | Khabarhub Khabarhub

हिमालयन बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । यस अफरअन्तर्गत बैंकको मोबाइल बैंकिङ एचआइए–एमबी एपमार्फत् फण्ड ट्रान्सफर गर्ने दुई जनाले स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर यही भदौ १ देखि २१ भदौसम्म लागू हुने बैंकले जनाएको छ । यसअनुसार मोबाइल बैकिङ एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् स्मार्टफोन प्रदान गरिनेछ ।

अफरका विजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत् प्रकाशन गरिने बैंकले जानकारी दिएको छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई मध्यनजर गर्दै बैंकले अफर सार्वजनिक गरेको हो । यस अफरले ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : २५ बजे

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र