रकम ठगी गर्ने चारजना पक्राउ « Khabarhub

रकम ठगी गर्ने चारजना पक्राउ


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ का ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ की ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ का ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिकाकी ४० वर्षीया तारा गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक दुई लाख तलबमा काम लगाइदिने जनाउँदै पीडितहरुबाट पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाइ बाइक राइडरमा मासिक ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी एक लाख ९४ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ११ : ०० बजे

युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी

किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा

संसद् अधिवेशन बोलाएको भोलिपल्टै स्थगित

काठमाडौं– संसद् अधिवेशन बोलाएको भोलिपल्टै राष्ट्रपति रामचन्द्र पौडेलले फेरि स्थगित

वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन

धनकुटा– यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित

टिप्पणी : भ्रष्टाचार र करछली छाडेर सुकुम्बासीतिर लाग्दै बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई अतिक्रमित

‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय