दाङका न्यायिक समितिमा सात सय उजुरी « Khabarhub

दाङका न्यायिक समितिमा सात सय उजुरी


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङका स्थानीय तहका न्यायिक समितिमा पछिल्लो एक वर्षमा करिब सात सय उजुरी परेका छन् । स्थानीय तहको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९-८० मा छ सय ८४ वटा उजुरी परेको जनाइएको छ । कुल उजुरीमध्ये चार सय ७३ वटा फछर्यौट भएका छन् । 

सबैभन्दा बढी एक सय ३४ वटा उजुरी तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा परेको छ । साथै सबैभन्दा कम राजपुर गाउँपालिकामा परेको छ । जहाँ १६ वटामात्र उजुरी परेको स्थानीय तहको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा एक सय २९ उजुरी परेकोमा एक सय एक उजुरी फछर्यौट भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा एक सय ३४ वटा उजुरी परेकोमा ६२ वटा फछर्यौट भएका छन् । लमही नगरपालिकाको न्यायिक समितिमा गत आवमा ३४ वटा उजुरी परेकोमा २९ वटा मुद्दा फछर्यौट भएका छन् । 

राप्ती गाउँपालिकाको न्यायिक समितिमा गत आवमा ४४ वटा उजुरी परेकोमा सबै फछर्यौट भएका छन् । गढवा गाउँपालिकाको न्यायिक समितिमा गत आवमा एक सय २४ वटा उजुरी परेकोमा एक सय नौ वटा फछर्यौट भएका छन् । 

राजपुर गाउँपालिकाको न्यायिक समितिमा गत आवमा १६ वटा उजुरी परेकोमा नौ वटा मुद्दा फछर्यौट भएका छन् । बङ्गलाचुली गाउँपालिकामा गत आवमा ३८ वटा उजुरी परेकोमा १५ वटा उजुरी फछर्यौट भएका छन् । 

त्यसैगरी शान्तिनगर गाउँपालिकाको न्यायिक समितिमा गत आवमा ५८ वटा उजुरी परेकोमा ५३ वटा उजुरी फछर्यौट भएका छन् । तर फछर्यौट भएका उजुरी के कसरी भएका हुन् भन्नेबारेमा केही उल्लेख गरिएको छैन । 

दङ्गीशरण गाउँपालिकाको न्यायिक समितिमा गत आवमा २६ वटा उजुरी परेकोमा १२ वटा उजुरी फछर्यौट भएका छन् भने बबई गाउँपालिकाको न्यायिक समितिमा ८१ वटा उजुरी परेकोमा ३९ वटा फछर्यौट भएका छन् । 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ४ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना