दार्चुलामा ८५ वर्षीया वृद्धाको हत्या « Khabarhub

दार्चुलामा ८५ वर्षीया वृद्धाको हत्या


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा एक वृद्धाको हत्या गरिएको छ।

मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८५ वर्षीया भागरथी चन्दको चक्कु प्रहारबाट हत्या गरिएको  आशंका रहेको प्रहरीले जनाएको छ।

उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको घाउ रहेको छ। टोपालीस्थित घरमा एक्लै बस्दै आएकी चन्द  शनिबारदेखि सम्पर्कविहीन भएको भन्दै आफन्तले आइतबार प्रहरीमा निवेदन दिएका थिए।

उनको शव सोमबार घरभन्दा करिब दुई सय मिटर पर खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ३३ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।