किन लाग्छ बाडुली ? कसैले सम्झिएरै हो त ? « Khabarhub

किन लाग्छ बाडुली ? कसैले सम्झिएरै हो त ?


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

बाडुली (हिक्का) सबै मानिसलाई लाग्ने गर्छ । नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झियो भनेर बुझ्ने गरेको पाइन्छ । के बाडुली लाग्नु भनेको कसैले सम्झिएकै हो त ? 

हामीलाई सामान्य रुपमा छिटोछिटो वा हतार हतार खाना खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरू पिउँदा, धेरै पिरो वा मसलादार खानेकुराहरू खाँदा, जोडले हाँस्दा बाडुली लाग्ने गर्छ ।

सामान्यतयाः बाडुली केही मिनेट रहन्छ र पछि आफैँ ठीक हुन्छ । सामान्य अवस्थामा लागेको बाडुली पानी पिउँदा पनि हराएर जान्छ । तर कसैकसैलाई भने यो लामो समयसम्म पनि रहन्छ । २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने स्वास्थ्यमा गम्भीर समस्याको कारणले हुने चिकित्सकहरू बताउँछन् ।

बाडुली लाग्नुलाई फोक्सो र वरिपरिका मांसपेशीहरूमा अचानक आउने खुम्च्याइलाई बुझिन्छ । यसरी मांसपेशी खुम्चिँदा श्वास नली बन्द हुन्छ जसका कारण हिक्क–हिक्क आवाज आउँछ । यो अवस्थालाई हामी बाडुली लागेको भन्दैछौँ ।

अहिलेसम्म यही कारणले  बाडुली लागेको भनेर वैज्ञानिकहरूले किटेर भन्न सकेका छैनन् । तर बाडुली लाग्ने स्थिति हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ ।

उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ । यसका साथै ट्युमर वा मिर्गौलाका केही रोगहरू लाग्दासमेत बाडुली लाग्न सक्छ ।

त्यसैगरी लगातार लामै समयसम्म बाडुली लाग्यो भने स्नायु प्रणालीमा डिसअर्डरसँग जोडिएको हुनसक्छ । 

जस्तैः स्टेरोइडट्र्याक्विलाइजर जस्ता औषधिको कारण पनि बाडुली लाग्छ । यसका साथै एन्सेफ्लाइटिस, मेनिन्जाइटिस, मेटाबोलिक डिसअर्डर, मधुमेह, मिर्गौला फेल जस्ता समस्यासँग बाडुली लाग्नुको कारण हुनसक्छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ०५ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा