सेनाको हेलिकोप्टरमार्फत दुई बिरामीको उद्धार | Khabarhub Khabarhub

सेनाको हेलिकोप्टरमार्फत दुई बिरामीको उद्धार


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

अक्सिजन अभाव भएपछि बिरामी भएका उनीहरुलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सोमबार बडिमालिकाको त्रिवेणीधाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए–०६१ बेलको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । धामी भने जिल्ला अस्पताल बाजुरामा उपचारपछि घर फर्किएका छन् ।

बडिमालिकाको दर्शनका लागि गएका तीर्थयात्री न्यौपाने सोमबार दिउँसो २ः४५ बजे त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिएका थिए । उनलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजनसहित प्राथमिक उपचारपछि आज सुर्खेत पठाइएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ ।

घाइते भएर बेहोस भएका न्यौपाने बर्बराउने र बेला–बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुर्खेत पठाइएको गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए ।

सोमबार उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बडिमालिकाको त्रिवेणीधाममा गएको भए पनि मौसम खराबीका कारण मार्तडीमा राखिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ४३ बजे

वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्रयाक गरे

एजेन्सी – उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको

प्रतिनिधिसभा बैठक : सत्तापक्षीद्वारा बजेटको स्वागत, विपक्षी विरोधमा

काठमाडौं- सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेका छन् : सांसद कार्की

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ?

काठमाडौं – बलिउड कलाकारहरु अहिले धमाधम दक्षिण भारतीय फिल्म साइन

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन