टिपरको ठक्करबाट एक चिकित्सकको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट एक चिकित्सकको मृत्यु


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

झापा– मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व-पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो । 

डा यादव सवार प्र १-०२-०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र-३-००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा उनी घाइते भएपछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर हस्पिटलको ड्युटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ४२ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा