प्रधानमन्त्रीसँग मकवानपुरका जनप्रतिनिधिको भेट | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँग मकवानपुरका जनप्रतिनिधिको भेट


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरका जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । संघीय सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसद र संविधानसभा सदस्यलगायतको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट गरी हेटौँडामा सडक विस्तारका विषयमा ध्यानाकर्षण गराएको प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले जानकारी दिए । 

उनले सडक विस्तार गर्ने सरकारको कामलाई जिल्लावासीले बाधा व्यवधान नगर्ने तर, सडक विस्तारकै कारण हेटौँडाको एचआईडी, मुख्यसडक, राप्तीसडकमा पर्ने घरधनी र व्यवसायीलाई मुआब्जा दिएरमात्र भत्काउनका लागि माग गरिएको जानकारी दिए । हेटौँडाको रातोमाटेदेखि राप्ती पुलसम्मको राजमार्ग विस्तार गर्दा यहाँ पर्ने घरधनीहरूलाई मुआब्जा दिनुपर्ने घरधनीहरूको माग छ ।

प्रधानमन्त्रीसँगको भेटमा उक्त  प्रतिनिधिमण्डलले सडक बिस्तारका क्रममा प्रभावित घरहरूको लगत संकलन गर्नुपर्ने र त्यसपछि मुआब्जा दिएरमात्र भत्काउनका लागि ध्यानाकर्षण गराएको हो । 

प्रतिनिधिमण्डलमा संघीय संसद्मा मकवानपुरबाट प्रतिनिधित्व गर्ने महेशकुमार बर्तौला, दीपकबहादुर सिंह, बिन्दवासिनी कंशाकार, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, पूर्वसांसदहरु कृष्णप्रसाद दाहाल, अनन्त पौडेल, प्रदेशसभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवाललगायत थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १ : २६ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा