भैँसीपालनबाट मनग्य आम्दानी गर्दै स्याङ्जाका आचार्य दाजुभाइ « Khabarhub

भैँसीपालनबाट मनग्य आम्दानी गर्दै स्याङ्जाका आचार्य दाजुभाइ


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन् । कम्पनी रजिष्ट्रार कार्यालयमा ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ कम्पनी दर्ता गरी व्यावसायिक रुपमा २०७७ सालदेखि भैँसीपालनमा लागेको सञ्चालक उत्तम आचार्य बताउँछन् ।

“कोरियामा रहँदा गाई फार्ममा काम गर्दाको सीप तथा अनुभव हामीसँग थियो”, उनले भने, “विदेशमा सिकेको सीपले आज आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा सहज भएको छ ।” उनले सुरुआतमा २० उन्नत जातका मुर्रा भैँसीबाट व्यवसाय थालेका थिए । हाल फार्ममा माउ ८०, दुई उन्नत जातका मुर्रा राँगा र पाडापाडी ५० वटा छन् ।

हाल ५० भैँसीले दूध दिइरहेका छन् । “अहिले दैनिक तीन सय ५० देखि तीन सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ”, आचार्यले भने, “प्रतिलिटर दूध रु एक सय पाँच देखि रु एक सय १० सम्म स्थानीय बजारमा खपत हुने गरेको छ ।” मासिक रु ११ लाख बराबरको दूध बिक्री हुने गरेको छ । भैँसीलाई दानापानी तथा कामदारको पारिश्रमिकमा रु सात लाख खर्च हुने गरेको छ ।

फार्ममा छ जनाले रोजगारी पाएका छन् । सुरुआतमा रु एक करोड लगानीबाट थालिएको व्यवसायमा लगानी वृद्धि गर्दै हालसम्म रु तीन करोड लगानी भइसकेको उनले बताए ।

“सात रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक गोठ, भण्डारण कक्ष, कामदारका लागि आवास कक्ष, कार्यालय, भान्साकोठा, शौचालय र तारबार गरी संरचना निर्माण गरेका छौँ”, आचार्यले भने, “यसलाई अझै व्यवस्थित गर्नका लागि करिव रु डेढ करोड लगानी गर्ने तयारीमा छौँ ।”

अहिले दूधमात्रै उत्पादन र बिक्री हुँदै आएकामा यसलाई थप विस्तार गरी दूधजन्य अन्य परिकार पनि उत्पादन गर्ने तयारीमा आफूहरु रहेको अर्का सञ्चालक वीरेन्द्र आचार्यले बताए ।

दूध मात्रै बिक्री गरेरभन्दा पनि अन्य दूधजन्य परिकार उत्पादन गर्न सके आम्दानी अझै बढ्ने भएकाले सोही तयारीमा रहेको उनको भनाइ छ । भैँसीपालनका लागि अत्यावश्यक घाँस एक सय रोपनी क्षेत्रफलमा रोपिएकाले पनि घाँसमा लगानी गर्नु नपरेको आचार्यले बताए ।

फार्मले ८० रोपनी जग्गा भाडामा लिएको छ । “फार्म सञ्चालन गरेका व्यवसायीलाई अनुदान होइन लगानीकर्तालाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराए थप लगानी गर्न प्रोत्साहन पुग्ने थियो”, उनले भने । युवा स्वदेशमा रोजगारीको अवसर नदेखेर विदेशी भूमिमा पलायन भइरहेका बेला राज्यले बेलैमा सोच्नुपर्ने बेला आएको आचार्यको  भनाइ छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ४ : ३९ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज