एसिया कप क्रिकेट : आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

एसिया कप क्रिकेट : आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसियाकप क्रिकेट आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ ।

गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।

यूएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।

पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ ।

६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

भदौ ३१ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको कान्डीमा हुनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ०४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी