सम्प्रभुताको पक्षमा अडिग ताइवानी नागरिक | Khabarhub Khabarhub

सम्प्रभुताको पक्षमा अडिग ताइवानी नागरिक


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

साइबर आक्रमणमार्फत सूचनाको श्रोत माथिको धावा, विभिन्न देशको निर्वाचनमा चासो र आन्तरिक मामलामा हस्तक्षेपका विषयमा चिनियाँ सत्ताका आलोचक संसारभर फैलिएका छन्। यो क्रमको ताइवानमा अझ बढेको त होइन भन्ने आशङ्का व्यक्त हुने आधार देखा परेको छ।

आइफोनका निर्माता फक्सकोनका संस्थापक ७२ वर्षीय बिलिनियर टेरे गाउ ताइवानको आसन्न राष्ट्रपति पदको निर्वाचनमा उम्मेदवार हुने भएका छन्। चमत्कारिक व्यापारी गाउ आर्थिक उन्नतिको कथा, सम्पत्तिको थुप्रो र सफलताका आयामका लागि परिचित नाम हो।

चुनावी विश्लेषककै अनुसार सत्तारुढ प्रजातान्त्रिक प्रगतिशील पार्टी (डीपीपी)को विरुद्धमा एक्लो उम्मेदवार भएका भए उनी जित हात पार्न पनि सफल हुनसक्थे। तर अहिले त्यो सम्भावना लगभग शून्य छ। २०२४ को जनवरीमा हुने निर्वाचनमा उनको उम्मेदवारीले विपक्षी मत तीनतर्फ विभाजित हुनेछ।

कार्यकारी राष्ट्रपति व्यवस्था भएको ताइवानमा उनी भन्दा पहिले नै दुई विपक्षी उम्मेदवार भएका कारण तेस्रो उम्मेदवारका लागि कठिन हुने निश्चित छ। अहिलेको सिनारियो परम्परागत ‘ल अफ होल’को अवस्थामा छ। दुलोमा छिरी सकेपछि निस्कन धेरै कठिन हुन्छ। त्यस अवस्थामा पहिलो काम भनेको खाडलको गहिराइ बढ्न नदिन नै प्रयास गर्ने हो।

सोमबार गाउले उम्मेदवारी घोषणा गरेपछि ताइवानमा केही संयोग पनि देखिएको छ। सार्वभौमिकताको लडाइँमा चिनियाँ उल्झन सहेको ताइवानमा नयाँ राष्ट्रपति निर्वाचित भएसँगै बेइजिङले थप दबाब दिनेछ। यी करिस्मादायी व्यापारीले पुरानो मध्यमार्गी दल कुमीन्ताङबाट उम्मेदवार हुने इच्छा राखे पनि सफल भएका थिएनन्।

कुमीन्ताङले अर्को उम्मेदवार खडा गरेपछि उनले दल त्याग गरेका थिए। उनका लागि कुमीन्ताङ मात्र समस्या भने होइन। त्यहाँ अर्को विपक्षी दल ताइवान पिपुल्स पार्टी (टीपीपी) पनि छ। सो दलको नेतृत्व पनि सफल व्यक्तित्वको वेन जेले गरेका छन्। उनी ताइपेइका पूर्व मेयर हुन्। रेसको सर्वेक्षणमा उनी दोस्रो स्थानमा छन्। युवा पुस्तामा उनी लोकप्रिय छन्।

गाउनको मुख्य आधार पैसा र व्यापारिक सफलता मात्र होइन। उनले चीन र ताइवानमा प्राप्त गरेका अनुभव पनि मुख्य आधार हुन्। फक्सकोन या होनहाइ उद्योग परिचित ताइवान उद्योगले तयार गरेको प्रविधि तथा दक्ष चिनियाँ जनशक्तिबाट निर्मित हुने उत्पादन हुन्।

सन् १९८० र ९० को दशकमा दक्षिणी चीनमा गाउले ठुलो उत्पादन क्याम्पस खडा गरेका थिए। त्यसमा हजारौं चिनियाँ युवाले काम गरेका थिए। आउटसोर्सका लागि एपलको प्रयोग गर्ने नीति उनको यत्ति सफल भयो कि फक्सकनले बनाएको म्याक बुक र आइफोनले संसारको बजारमा तहल्का नै मिच्यो। यसले फक्सकनलाई ताइवानको सबैभन्दा ठुलो कम्पनी बनायो भने गाउँ सबै भन्दा धनी बने।

अहिले गाउँ ताइवानको सुरक्षाका लागि चीनमा त्यही मोडल अवलम्बन गर्न चाहन्छन्। उनी ताइवानलाई अर्को युक्रेन हुनबाट बचाउन चाहन्छन्। उनले उम्मेदवारी घोषणामा चीनसँगको युद्धको खतरा टार्ने उद्घोषसहित उम्मेदवारी दिएका थिए।

चीनबाट जोखिमको महसुस गर्ने उनी एक्लो होइनन्। गत वर्षदेखि टापुको सेरोफेरोमा थुप्रै चिनियाँ सैन्य लडाकुले घेर्न थालेका छन्। गत साता मात्र पीएलएले एउटा भिडियो सार्वजनिक गर्दै ताइवानमा हमला गर्नसक्ने डरको प्रोपोगान्डा मच्चाएका थियो।

गाउँले पछिल्लो घटनामा बेइजिङलाई भन्दा बढी आफ्नै राष्ट्रपतिलाई आरोप लगाउने गरेका छन्। उनले ताइवानलाई शान्ति दिलाउन आफ्नो जित आवश्यक भएको प्रतिक्रिया दिएका छन्।

अहिले संसार नै चीनसँग रुष्ट छ। गाउँको कारण संसारका अन्य देश रुष्ट हुने र चिनियाँ ज्यादती पनि नरोकिने डर त्यहाँका बासिन्दालाई छ। उनको कमजोर पक्ष यत्ति मात्र होइन, अन्य पनि छन्। धेरै मतदाता अहिले तनाव बढ्नुको कारण राष्ट्रपतिलाई दिन चाहँदैनन्। शान्तिको नाममा सम्प्रभुतामाथि खलबल हुन दिन नहुने त्यहाँको मतदाताको राय छ।

धेरै ताइवानी सम्प्रभुताका लागि दत्तचित्त छन्। उनीहरू आवश्यक परे चीनविरुद्धमा लडाइँकै लागि पनि तयार छन्। अहिलेको सर्वेक्षण अनुसार ४० प्रतिशत मतदाता सत्तारुढ डीपीपीको बलियो पक्षधर मानिन्छन्। यसको मतलब विपक्षी दल एक भए सत्तारुढ दलको हार सम्भावना छ। तर, राष्ट्रियताको कारण गाउको पक्षमा एकजुट हुने सम्भावना छैन।

गाउँले आफ्नो नाममा मात्र विपक्षीको बीचमा सहमति कायम हुनसक्ने बताएका छन्। उनले चाहे अनुसार विपक्षी एकजुट हुने सम्भावना छैन। उनको उम्मेदवारीले विपक्षी मत विभाजित हुने तथा गाउँ प्रतिस्पर्धामा समेत आउन नसक्ने सम्भावना प्रबल छ। यसको मतलब अहिले ४० प्रतिशत मत देखिए पनि सत्तारुढ डीपीपीका नेता विलियमलाई नै लगातार अर्को कार्यकालका लागि राष्ट्रपति हुने सम्भावना प्रबल छ।

सबै उम्मेदवारले यस भन्दा अघि नै उम्मेदवारी घोषणा गरेका कारण धेरैको पक्षमा मतदाता खुली सकेका छन्। केही दिन अघिको सर्वेक्षणमा १६ प्रतिशत मात्र खुल्न बाँकी रहेका छन्। यो मत पनि धेरै जसो चार उम्मेदवारको बीचमा विभाजित हुने अवस्थामा छ। स्वतन्त्र उम्मेदवार हुनका लागि गाउँले नोभेम्बर महिनासम्म २ लाख ९० हजार जनाको हस्ताक्षर सङ्कलन गरी सक्नुपर्ने छ। यो नै उनका लागि मुख्य चुनौती हो।

अहिले गाउँको कतिपय प्रस्तुति नै चिनियाँको भाषा देखिन्छ। उनले चीनले आर्थिक संरचनामा सहयोग गर्ने तथा रोजगारीको समस्या निराकरण हुने आश्वासन दिने थालेका छन्। उनले त चीन र ताइवान बीचको सम्बन्ध बिग्रनुमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको भूमिका एकदमै खराब रहेको प्रतिक्रियासमेत दिए। अहिले विपक्षी उम्मेदवार ताइ र लाइले सार्वभौमिकताको प्रश्न जोडतोडले उठाएका छन्।

अहिले चीनले त्यस टापुको निर्वाचनमा प्रभाव पार्न पूर्ण रूपले शक्ति लगाएको छ। चीनले सन् २०१८ को निर्वाचनमा पनि यसैगरी गलत सूचना प्रवाह गर्न शक्ति लगाएको थियो। चीनले अन्य देशको निर्वाचनमा हस्तक्षेप गर्न केही सूचना प्रणालीको प्रयोग गरेको छ। गलत समाचार प्रकाशन गर्ने अर्को चिनियाँ नीति हो।

सन् २०१९ मा चीनले ताइवानको केही सञ्चार माध्यम खरिद गरेको थियो। यी सबै किसिमका उपाय अवलम्बन गर्ने चीनले आफूले चासो दिएको देशमा साइबर आक्रमण गर्दै सूचना श्रोतमा हस्तक्षेप पनि गर्ने गरेको छ। पछिल्लो समय ताइवानमा यो उम्मेदवारीले कतै चिनियाँ चासो त होइन भन्ने प्रश्न उठाएको छ।

गाउको त्यो सोचका बाबजुद अहिले ताइवानीहरू सम्प्रभुताको पक्षमा सम्झौता गर्ने पक्षमा छैनन्। जसका कारण यी बिलिनियर व्यापारीका लागि अगामी चुनाव असहज हुने लख काटिएको छ। व्यापार मार्फत कमाएको साख समेत चीनसँग सम्झौता गर्ने पक्षमा वकालत गरेका कारण गिरेको छ।

स्रोतः बीबीसी, द गार्जीयन, टाइम्स अफ इन्डिया, सीएफआर डट ओरजी

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ८ : ११ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय