समाजवादी मोर्चाको धनगढी सभा स्थगित « Khabarhub

समाजवादी मोर्चाको धनगढी सभा स्थगित


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दल सम्मिलित समाजवादी मोर्चाको धनगढीमा आज हुने भनिएको सन्देश सभा स्थगित भएको छ ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को आज औपचारिक कार्यान्वयन हुने भएकाले सो सभा स्थगित गरिएको जनाइएको छ ।

एमसीसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभाबाट भिन्नभिन्न विचार आएपछि आजको सभा स्थगित गरिएको बुझिएको छ । 

सन्देश सभामा एमसीसी परियोजनाका बारेमा केही न केही नेताले बोल्ने र सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ‘साक्षी’ हुने भए पछि कूटनीतिक असर पर्ने भन्दै सभा स्थगित गरिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए ।

मोर्चाले सातवटै प्रदेशमा सन्देश सभा गर्ने पूर्व घोषणा अनुरूप आज सुदूरपश्चिम प्रदेशको धनगढीमा सभा आयोजनाको तयारी गरिएको थियो । स्थगित सन्देश सभा कहिले हुन्छ भन्ने बारेमा केही जानकारी गराइएको छैन । 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : १५ बजे

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

रास्वपाबाटै सुरू भयो बालेन सरकारविरुद्ध घेराबन्दी

काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा