सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल  « Khabarhub

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल 


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको समितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल गरेका छन् । 

बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच समितिका कामकारबाही र विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल भएको छ । 

छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, अर्थ समिति सभापति सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा देउवा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खान, कानून, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी र महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह सहभागी थिए । 

छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव भने उपस्थित भएनन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : ३१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी