पुराना कर्मचारीको सरुवा गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन « Khabarhub

पुराना कर्मचारीको सरुवा गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले लामो समयदेखि एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरिरहेका कर्मचारीको सरुवा गर्न निर्देशन दिएका छन्। एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नपाउने भन्दै उनले त्यस्ता कर्मचारीको अन्यत्र सरुवप्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाइएको र यो विषयमा व्यवस्थापन समिति गम्भीर भएर सरुवा प्रक्रियालाई अघि बढाउनु पर्ने उनले बताए। बिहीबार भेरी अस्पतालको अवलोकन गर्दै मन्त्री बस्नेतले उक्त अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताए।

स्तरोन्नतिका लागि मन्त्रालय आन्तरिक र वाह्य दुवै पक्षसँग व्यवस्थापनका लागि धेरै शीर्षकमा बजेट पठाएको छ। उनका अनुसार अझै व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार रहेको छ।

मन्त्री बस्नेतले अस्पतालको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिए। गरिब तथा विपन्न परिवारका बिरामीहरूले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनु पर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १ : ५१ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक