बागमती नदीको सुन्दरता बढाउँदै पार्क « Khabarhub

बागमती नदीको सुन्दरता बढाउँदै पार्क


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कुनै समय फोहरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यस स्थानमा यतिबेला मानिसहरू समय काट्ने थलो बनेको छ । बागमती किनार अवस्थित पार्कले यस क्षेत्रको स्वरुप नै फेरिदिएको छ । 

विशेषगरी बागमती किनारमा सुकुम्बासी बस्ती विस्तार नहोस् भन्ने उद्देश्यले विसं २०६३ मा पार्कको निर्माण गरिएको हो । अहिले पार्कमा ३५ भन्दा बढी जातका दुई हजार भन्दाबढी बिरुवा छन् । पार्क निर्माण समितिले समय–समयमा थप वृक्षरोपण पनि गर्दै आएको छ ।

यस क्षेत्रमा टेकुदोभानदेखि ललितपुर महानगरपालिका–४ मलपोखरीसम्म राजतीर्थ पार्क, सहिद पार्क, बिपि पार्क र मोनमोहनपार्क गरी जम्मा चार पार्क छन् ।  पार्क व्यवस्थापनको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भाडामा लिएको छ । 

बागमती नदीले छोडेको प्रतिजग्गा संरक्षण र हरियाली वातावरणसहित बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले पार्क निर्माण पार्क निर्माण समितिका अध्यक्ष राजेन्द्र थापा मगर बताउँछन् ।

 उनका अनुसार ललिपुरमहानगरपालिका-२ देखि ललितपुर महानगरपालिका–४ सुन्दरघाटसम्मको बागमतीले छाडेको जमिनलाई मनोहन पार्कका रुपमा विस्तार गरिनेछ । ‘कुनै समय यहाँ फोहर व्यवस्थापन गर्ने डम्पिङ थियो । विसं २०६२ मा फोहर व्यवस्थापन समिति ललितपुरबाट प्राप्त भएको रु तीन लाख सहयोगबाट पार्कको निर्माण सुरु भएको हो । पार्क निर्माण र संरक्षणका लागि बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरिरहेको छ’, संस्थापक अध्यक्ष थापाले भने । 

पार्क प्रवेश निःशुल्क गरिएको छ । फोहोरका कारण दुषित देखिने बागमती नदी छेउमा हरियाली पार्क निर्माण भएपछि यस क्षेत्रमा मानिसको चहलपहल बढिरहेको छ । पार्क निर्माणपछि फोहोर फाल्न पनि रोकिएको छ । पार्कको हरियालीले बागमती नदी छेउको बस्ती र नदीको शोभा बढाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ३ : ३४ बजे

जेन-जी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु

ललितपुर- जेन-जी आन्दोलनका बेला पूर्ण रुपमा ध्वस्त भएको ललितपुर जिल्लाको

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके