चितवनको राप्ती नदीमा छाडियो २४ गोही « Khabarhub

चितवनको राप्ती नदीमा छाडियो २४ गोही


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुन्जको गोही प्रजनन् केन्द्रमा संरक्षण गरिएका दुई दर्जन गोही राप्ती नदीमा छाडिएको छ । प्रत्यक वर्ष जस्तै यस वर्ष पनि निकुन्ज मुख्यालयको कसरा नजिकै २ भोले सहित २४ वटा गोही छाडिएको हो । निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोहीहरुलाई ५ वर्ष उमेर पुगेपछि नारायणी, राप्ती तथा बबई नदीमा छाड्ने गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले संयुक्त रुपमा गोही नदीमा छाडेका हुन् । गोही संरक्षणका लागि विस २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अण्डा संकलन गरी वार्षिक २०० बच्चा उत्पाद गर्ने गरेको छ ।

जसमध्ये १ सय ५० गोहीलाई बचाउन सकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिए । उनले संरक्षण विना पर्यटन सम्भव नभएकाले अति दुर्लभ गोहीको संरक्षणका लागि जनप्रतिनिधिहरु सकरात्मक हुनुपर्ने बताए । त्यस्तै, भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले गोही संरक्षण कार्यका लागि महानगर सधै सहयोगी बन्ने प्रतिबद्धता जनाइन् ।

हालसम्म नेपालका विभिन्न नदिमा गरि १३ सय ६५ गोही प्राकृतिक वासस्थानमा छाडिएको छ भने यो वर्ष पनि करिब १ सय गोही नदीमा छाड्ने चितवन राष्ट्रिय निकुन्जको तयारी छ । २०१६ को गोही गणना अनुसार १ सय ९८ वटा मात्रै घडियाल गोही नदिहरुमा जिवित छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ३ : ०८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा