समाजवादी मोर्चाले आज पोखरामा सन्देशसभा गर्दै | Khabarhub Khabarhub

समाजवादी मोर्चाले आज पोखरामा सन्देशसभा गर्दै


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दल सम्मिलित समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दैछ ।

देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले आज गण्डकीमा प्रदेशस्तरीय सन्देश सभा गर्न लागेको हो ।

पोखरास्थित दीपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

मोर्चाले हिजो सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो । बुधवार धनगढीको सुदुरपश्चिममा गर्ने भनिएको सभा अन्तिम समयमा आएर स्थगित भएको थियो । सो प्रदेशमा कहिले सभा गर्ने भन्ने विषयमा मोर्चाले निर्णय गरिसकेको छैन ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : ४२ बजे

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।