चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ : प्रवक्ता सापकोटा « Khabarhub

चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ : प्रवक्ता सापकोटा


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताए ।

‘चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटनीतिक पहलकदमी बढाउनुपर्छ’, प्रवक्ता सापकोटाले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ ।’ नक्सा जस्तो महत्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ४ : ०४ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका