त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू « Khabarhub

त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ललितपुर–  त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा  सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन गर्नु हुँदै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले दक्षिण एसियाका  संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौँमा आयोजना हुनु हाम्रो लागि सुखद् पक्ष हो । काठमाडौँसँग बनारस, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरु क्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौँ भने हामी अधुरो हुन्छौँ’, उनले भने, ‘संस्कृति र भाषाका कारण हामी एकअर्कासँग जोडिएका छौँ । हाम्रो समानता संस्कृत भाषा हो ।’ 

विभिन्न देशबाट नेपाल आएका साहित्यकारलाई यहाँको संस्कृति र सुन्दरतासँग रमाउन र आनन्द लिन परराष्ट्रमन्त्री साउदले आग्रह गरे। काठमाडौँ केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञाप्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिए । 

‘महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो’, उनले भने, ‘पहिलो संस्करणझैँ दोस्रो संस्करणमा पनि नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण गर्दै नेपाललाई विश्वसामु प्रतिबिम्बित गर्ने विषयवस्तुका बारेमा छलफल गर्नेछौँ ।’

संस्थापक निरौलाले मन र मस्तिष्क खोलेर साहित्यमा हराउन आग्रह गर्नु हुँदै प्रेरणा, प्रज्ञा र उस्तुकताले भरिएको तीन दिने महोत्सव स्मरणीय हुने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा ‘यशस्वी साहित्य सम्मान’ बाट प्राध्यापक अवधेश प्रधान, अभिनेत्री तथा लेखिका दिव्या दत्ता, प्राध्यापक माधवप्रसाद पोखरेल र अभिनेत्री मनिषा कोइरालालाई सम्मान गरिएको थियो । अभिनेत्री कोइराला कार्यक्रममा उपस्थित भएका थिएनन् ।

यसै वर्षबाट सुरु गरिएको ‘यशस्वी पुस्तक पुरस्कार’ बाट आख्यानतर्फ लेखक विवेक ओझा (ऐँठन), सिर्जनात्मक गैर आख्यानतर्फ डाक्टर नवराज केसी (शून्यको मूल्य), कथातर्फ रेनुका जिसी (सनेश), कवितातर्फ डा महेन्द्र मल्ल (भाषाको बकपत्र), जीवनीतर्फ गोविन्द गिरी ‘प्रेरणा’ (सुश्री पारिजात), बाल साहित्यतर्फ अनुराधा (छमछमको छमछमी), अनुवादतर्फ रिमा केसी (अमृता प्रितमका छानिएका कविता), खाद्य तथा औषधितर्फ नारायण घिमिरे (रैथाने खानपान र चाडपर्व), आत्मकथातर्फ लाक्पा डेन्डी शेर्पा (हिमालय म्याभरिक), अङ्ग्रेजी कवितातर्फ सुशान्त थापा (मिन्स अफ मेरिड) लाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रमको उद्घाटन समारोहमा केएलएफका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिडा, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान कुलपति निशा शर्मा, प्राध्यापक माधवप्रसाद पोखरेल, डा विवेक देवरोयलगायत उपस्थित हुनुहुन्थ्यो । यस महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलकाका लेखक तथा कलाकार भेला भएका छन् । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ४ : ५३ बजे

‘मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने

राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन

युवाहरूमा राष्ट्र सेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

काठमाडौं– नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने

चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी

काठमाडौं– आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ