जमलमा केन्द्रीय पुस्तकालयको भवन बनाएरै छाड्छु : शिक्षामन्त्री « Khabarhub

जमलमा केन्द्रीय पुस्तकालयको भवन बनाएरै छाड्छु : शिक्षामन्त्री


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले जमलमा केन्द्रीय पुस्तकालयको भवन निर्माण गरेर छाड्ने संकल्प व्यक्त गरेका छन् ।

सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० का अवसरमा आज आयोजित मूल समारोह समितिको कार्यक्रममा उनले सो स्थानमा भवन बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई सहरी विकास मन्त्रालयमातहतकाे भवन विभागले बनाउने गरी बजेटसमेत तर्जुमा भइसकेको अवस्थामा कानुनी विवाद उत्पन्न भएकाले निर्माणमा ढिलाइ भएको जनाए ।

मन्त्री राईले बजेट विनियोजन भए पनि त्यो बजेट खर्च गर्न नमिल्ने भन्ने रिपोर्ट आफूलाई दिइएको बताउँदै उनले सर्वोच्च अदालतले दिएको आदेशबमोजिम पूरा गर्नुपर्ने प्रक्रियाका लागि आवश्यक कार्य भइरहेको स्पष्ट गरे। उनले उक्त स्थानमा केन्द्रीय पुस्तकालय बनाएरै छाड्ने संकल्प व्यक्त गरे । हाल नेपाल राष्ट्रिय पुस्तकालय भक्तपुरमा अस्थायीरुपमा सञ्चालित छ ।

कार्यक्रममा पुस्तकालयका क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्था, व्यक्तिलाई पुरस्कृत र सम्मानित गरियो । पुरस्कृत हुनेमा पुस्तकालयतर्फ नरदेवी काठमाडौँको आशा सफु कुथीलाई रु ५० हजार राशिबाट पुरस्कृत भएको छ ।

यस्तै सम्मानतर्फ पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी–४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे, पुस्तकालयप्रेमी तथा अभियन्तातर्फ रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, पाठकतर्फ ललितपुरका गोदावरी नगरपालिका–४ बडिखेलका रुक्मिणी चालिसे सम्मानित भएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : ४८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका