माओवादीको तीन महिने अभियान आजदेखि सुरु हुँदै | Khabarhub Khabarhub

माओवादीको तीन महिने अभियान आजदेखि सुरु हुँदै


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु हुँदैछ ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्ने तयारी रहेको छ ।

माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डाबाट अध्यक्ष दाहालले सम्बोधनसहित अभियानको थालनी गर्ने दाहालको सचिवालयले जनाएको छ ।

पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ ।

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ६ : ४१ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो